दफा १४
महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
: (१) संस्थानको कार्यहरूको सञ्चालनको निमित्त नेपाल सरकारले एकजना महाप्रबन्धक र आवश्यक भएजति सल्लाहकार तथा समितिले अरू कर्मचारीहरू नियुक्त गर्न सक्नेछ । निजहरूको नियुक्ति, सेवाको शर्त, कार्यविधि र पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।
… … …
(२) संस्थानको कर्मचारीले प्रत्येक महीनामा पाउने पारिश्रमिकको तोकिए बमोजिमको अंकबाट अनिवार्य रूपले संस्थानको शेयर खरीद गर्न पर्ने गरी नियुक्ति र
सेवाको शर्त राख्न सकिने छ ।
तर अस्थाई नियुक्ति भएको र करार सेवामा नियुक्ति गरिएका कर्मचारीलाई शेयर बिक्री गरिने छैन ।